खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल आयल निगमले खाना पकाउने ग्याससहित, डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ । गएराति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको हो ।

मूल्य बृद्धिसंगै यससँगै सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक)मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।

‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

  • २३ चैत्र २०७८, बुधबार ०७:३५ प्रकाशित