टी–२० सिरिजको फाइनल आज : नेपालले उपाधि हात पार्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल हुदैँछ ।

फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी(पीएनजी)ले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा उपाधि हात पार्ने लक्ष्यसहित खेल्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।

सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले हिजो पत्रकार सम्मेलनमा बताए थिए ।

  • २१ चैत्र २०७८, सोमबार ०८:४५ प्रकाशित