काठमाडौं ।
विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी चुनावी प्रतिस्पर्धा का लागि प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो ।
जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरुलाई पार्टीको तराजु चुनाव चिन्हबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेश गर्न आह्रवान गरिएको छ ।
प्रस्ताव पेश गर्नका लागि सो पार्टीले व्यक्तिगत (छोटो र सजिलो फारम)समेत उपलव्ध गराएको छ । सूचनामा यदि फारम भर्न समस्या परेमा पार्टीका ७ वटै प्रदेश प्रमुखहरुसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।














