गठबन्धन हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थाले : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

धनगढी ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताएका छन् । नेपालले नेकपा एमालेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘यसले जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।’

नेता नेपालले चुनावी तालमेलको निर्णयले उनीहरू जे पायो त्यही बोलेर बर्बराउन थालेको टिप्पणी गरे ।

  • २० चैत्र २०७८, आईतवार १२:५८ प्रकाशित