बनारस जाँदै प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

दिल्ली उड्नुअघिको तस्वीर

काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने९ल्याउने व्यवस्था मिलाएको छ । देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।

  • २० चैत्र २०७८, आईतवार ०८:५३ प्रकाशित