मन्त्री खड्काको कर्मचारीलाई निर्देशन : बजेट ९० प्रतिशत भन्द बढि खर्च हुनुपर्छ

केन्द्रभाग मिडिया

पोखरा ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीले दोस्रो चौमासिक प्रगति समिक्षा गोष्टि सम्पन्न गरेको छ । गोष्टिलाई सम्बोधन गदै कार्यक्रमको अध्यक्षता समेत गरेका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बिकास बजेट ९० प्रतिशत भन्दा बढि खर्च हुने गरि काम गर्न निर्देशन दिए ।

मन्त्री खड्काले सरकारले लिएका नीति कार्याक्रमलाई कार्यान्वयन गर्ने काम कार्यालय प्रमुखहरुको भएकाले दायित्व पुरा गर्न मन्त्री खड्काले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । निर्देशन दिदै मन्त्री खड्काले भने, क्वालीटिमा कुनै कम्प्रोमाइज नगरी काम गर्नोस्, भोली कसैले प्रश्न उठाउन नसकोस् ।

काम गर्दा अप्ठ्यारो भए  मन्त्रालयले सक्दो सहयोग रहने उनले कार्यालय प्रमुखहरुलाई विश्वाश दिलाए । वेरुजु बढि देखिदा जनतामा नराम्रो संदेश जाने भएकाले भुक्तानी गर्दा ध्यान दिन पनि मन्त्री खड्काले आग्रह गरे ।

पोखरामा मंगलबार भएको समिक्षामा गोष्टिमा पूर्वाधार विकास निर्देशनालय, सहरी विकास तथा भवन कार्यालय , ११ वटै जिल्लाका पूर्वाधार विकास कार्यालय र ५ वटा यातायता कार्यालयका प्रमुख र लेखा अधिकृतको सहभागिता रहेको थियो । मन्त्रालयको चौमासिक समिक्षा अन्र्तगत मन्त्रालय मातहतका कार्यालयले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यालय प्रमुखहरुले कार्य प्रगति र बेरुजुको अवस्था जानकारी गराएका थिए भने, मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले कार्यालय प्रमुखहरुले राखेका समस्या र अन्य कामको वारे सहजिकरण गरेका थिए । लेखा अधिकृत लालप्रसाद आचार्यले बेरुजु फर्छौटको अवस्था वारे जानकारी लिदै छिटो फर्छौट गर्न आग्रह गरेका थिए ।

कार्यालय प्रमुखहरुले बहुवर्षीय योजनामा बजेटको अभाव, जग्गाको भोगाधिकार प्राप्त नहुनु , कर्मचारी अभाव र निर्माण व्यवसायीले समयमा काम नगर्ने जस्ता समास्या राखेका थिए । मनाङ र मुस्ताङमा भने बर्षमा चार महिना मात्र काम हुने भएकाले समयमा सम्पन्न गर्न कठिन हुने जानकारी गराएका थिए । मनाङमा गएको वर्षातमा आएको बाढि पहिरोले सडकमा क्षती भएको र अहिलेसम्म मर्मत संभारको काम हुन नसक्दा अन्य विकास निर्माण पनि प्रभावित भएको वारे जानकारी गाराइएको थियो ।

यातायात कार्यालयका कार्यालय प्रमुखहरुले हालसम्मको राजश्व संकलन, चुनौती र आगामी कार्यक्रम वारे जानकारी गराएका थिए ।
यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लिराज रिजालले कार्यालयको सेवालाई कम्युटर सिस्टममा लैजाने काम भइरहेको जानकारी दिए । उनले २०५९ बैशार्खादेखी ढड्डा पल्टाउन पर्ने अवस्थाको अन्त्य हुने पनि सो अवसरमा बताए ।

त्यस्तै यातायात कार्यालय सवारी चालक अनुमती पत्र कार्यालयका प्रमुख प्रेम सुवेदीले भौतिक संरचनाको अभवाका कारण सेवा प्रभावित भएको बताए । अभावलाई चिदै सेवालाई सेवाग्राही मैत्री बनाउन लागि परेको उनले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा ९० प्रतिशत भन्दा बढि विकास बजेट खर्च गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले फागुनसम्म ४० प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

प्रदेशको विकास तर्फको ठुलो रकम भौतिक पूर्वाधार मन्त्रालयले खर्च गर्ने गर्छ ।

  • १५ चैत्र २०७८, मंगलवार १९:४५ प्रकाशित