प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली

केन्द्रभाग मिडिया

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।

भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ।

रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज पनि उद्योगलाई ३ घण्टा मात्रै विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

  • १० चैत्र २०७८, बिहीबार १४:१२ प्रकाशित