एमाले केन्द्रीय कमिटी बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ ।

केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।

  • ९ चैत्र २०७८, बुधबार १२:४६ प्रकाशित