पोखरा ।
पोखरमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ हुने भएको छ । चैत्र १४ गते पोखरा महानगरपालिकाको अयोजनामा स्थानिय तहमा गठित न्यायिक समितिको सम्मेलन हुन लगेको हो । सम्मेलन आयोजना गरेको महानगरले मंगलबार पत्रकार सम्मेलन गरी सम्मेलन वारे जानकारी दिएको हो ।
पोखरा महानगर उपप्रमुख एवं सम्मेलन संयोजक मञ्जुदेवी गुरुङले ७५३ वटा स्थानिय तहका न्यायिक समिति एकै थलोमा जम्मा भएर छलफल गर्ने उदेश्यले न्यायिक समितिको राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।
स्थानिय तहहरुमा कसरी न्याय सम्पादन भइरहेको छ, यसका असल अभ्यास र चुनौतिहरु बारे सम्मेलनमा छलफल हुने गुरुङले पात्रकार सम्मेलनमा बताइन् ।
पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेखी भण्डारीले उद्याटन गर्ने कार्यक्रम छ । सम्मेलन पोखरा घोषण पत्र जारी गदै समापन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले स्थानिय तहाका न्यायिक समिति न्यायाधिस रहेको बताए । न्यायिक समितिलाई फैसला गर्ने अधिकार भए पनि कार्यान्वय गर्न भने प्रशासनको सहयोग चाइने जिसीले बताए ।
सम्मेलनमा न्यायिक समिति संयोजक, न्यायिक समिति सदस्य र समिति सचिवालयका कर्मचारी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलन सम्पन्न गर्न महानगरले तयारी स्वरुप विभिन्न ८ वटा उपसमिती गठन गरेको छ ।