एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन गएको बताइएको छ ।

एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन गएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडैल सिहत नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा गएका हुन् ।
चीनियाँ नेताको भ्रमणसँग सम्बन्धित रहेर भेटघाटको कुनै कार्यतालिका नरहेको जनाइएको छ ।

  • ७ चैत्र २०७८, सोमबार १०:१७ प्रकाशित