सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी

केन्द्रभाग मिडिया

सुनसरी ।

सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ । पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडी ध्वस्त भए पनि सवार पाँच जना सकुशल रहेको बताइएको छ ।

  • ७ मंसिर २०८३, सोमबार १२:४७ प्रकाशित