किन आयो अमेरिकी सेनाको जहाज अचानक काठमाडौं? यस्तो छ वास्तविकता

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ।

एमसीसी पास भए अमेरिकी सेना नेपाल प्रवेश गर्ने भन्दै एमसीसी पास हुनु अघि सर्वसाधारण नेपाली जनता चिन्तित बनेका थिए । भने केही राजनितिक दलका नेता कार्यकर्ता सडकमै आएर विरोध प्रर्दशन गरेका थिए ।यद्यपि एमसीसी भने पास भइसकेको छ ।

एमसीसी पास भएको महिना दिन बित्न नपाउँदै आज अचानक अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुदाँ सारा नेपाली झस्किएका छन् ।

यद्यपि अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ ।‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले जनाएको छ।

अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो ।

  • ४ चैत्र २०७८, शुक्रबार १३:४१ प्रकाशित