चौतारीको अधिवेशन आजबाट, अध्यक्षमा बस्नेत नै दोहारिने !, यि हुन् दाबेदार

केन्द्रभाग मिडिया

पोखरा ।

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखि पोखरामा सुरु हुँदैछ । शनिवारसम्म चल्ने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

चौतारीको अध्यक्ष बन्न ६ जना दौडमा छन् । गणेश बस्नेत,  प्रमोद दाहाल, गणेश पाण्डे, माधव नेपाल, राजेश राई र टिका विष्ट समेत अध्यक्षको दौडमा छन् ।  अध्यक्षमा वर्तमान अध्यक्ष रहेका गणेश बस्नेत दोहोरिने पक्कापक्की भइसकेको एक नेताले केन्द्र खबरलाई बताए ।

उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना अनुरुप नै बस्नेतले दोहो¥याउने सहमति जुटेको हो । ‘अध्यक्षमा गणेश बस्नेत दोहोरिने निस्चित भईसक्यो । वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई उपाध्यक्षमै मनाउने प्रयास भईरहेको छ । पाण्डेले आफूले उपाध्यक्षमा नदोहारिने अडान लिएका छन् । हेरौं पहिला बन्दशत्र गरौं त्यस पछि उनलाई मनाउने तयारी छ’ उनले भने ।

अध्यक्ष बस्नेतले पनि आफू दोहोरिने संकेत गरेका छन् । महाधिवेशनमा आएका प्रतिनिधि मध्य ९५ प्रतिशत प्रतिनिधि आफूलाई दोहो¥याउने पक्षमा रहेको उनले दाबी गरे । अध्यक्ष दोहोरिने सहमतिका विषयमा राखिएको जिज्ञासामा उनले ‘लोकतान्त्रिक विधि र प्रक्रियामा चल्ने संगठनले आफ्ना सबै प्रक्रिया पुरा गर्छ । अहिले नै यसो उसो नभनौं’ भनेका छन् । यद्यपी सहमतिमै नेतृत्व चयन हुने उनले बताए ।

उपाध्यक्ष गणेश पाण्डेले भने सहमति भइसकेको कुरा झुटो रहेको दाबी गरे । ‘सहमति भइसक्यो भन्ने कुरा झुटो हो । निर्वाचन नै हुनपनि सक्छ’ उनले भने । महासचिव राजेश राई भने उपाध्यक्ष बस्न राजि भइसकेका चौतारीका नेताहरुको दाबी छ ।

नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि चौतारी नेतृत्व सर्वसम्मत नै टुंगिने दाबी गरेका छन् । ‘लोकतान्त्रिक विधि पद्धतिमै बसेर नेतृत्व सर्वसम्मत रुपमा चुन्ने प्रयास छ । सल्लाह भइरहेको छ, हेरौं ।’ उनले भने, ‘अहिले नै यो वा त्यो भनेर भन्ने अवस्था छैन । प्रक्रियामा गएपछि थाहा हुने विषय हो । चौतारीको अधिवेशनमा सहभागी प्रतिनिधिले नै त्यो टुंग्याउने विषय हो’ उनले भने ।

१२ सय प्रतिनिधि सहभागी हुँदै

चौतारीको महाधिवेशनमा सहभागी हुन देशभरबाट १२ सय जना पत्रकारहरु पोखरामा भेला हुँदैछन् । महाधिवेशनमा नौ सय प्रतिनिधिहरुसँगै सल्लाहकार, मनोनितसहितका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले सञ्चार क्षेत्रको मुद्दाका बारेमा सहभागीहरुबीच गहन रुपमा छलफल हुने बताएका छन् ।

अधिकांस आइसकेको र केही अधिवेशन उद्घाटन हुँदासम्म आइपुग्ने जनाइएको छ । अधिवेशनले अध्यक्ष–१, उपाध्यक्ष–४ महासचिव–१, उपमहासचिव–३, सचिव–७ (भूगोल) र कोषाध्यक्ष– १सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:२४ प्रकाशित