पोखरा
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार -सुदूर पश्चिम , कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च हिमालीको भु-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।