पोखरा वृद्धाश्रमलाई सफल सहकारीको सहयोग

केन्द्रभाग मिडिया

हरि बास्तोला
पोखरा ।

बृद्धाश्रमलाई सफल बचत तथा ऋण सहकारी संस्था पोखरा १७ ले आर्थिक सहयोग गरेको छ । संस्थाको १५ औं स्थापना दिवसको अवसरमा शनिबार बृद्धाश्रम परिसरमा आयोजित एक कार्यक्रमका बीच २० हजार १५५ रुपैया आश्रमको सहयोगार्थ आर्थिक सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीका अध्यक्ष बासुदेव पौडेलले उक्त रकम बराबरको चोक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा कास्की जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सफल सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले संस्थाले आश्रममा आश्रित जेष्ठनागरिकको सहयोगार्थ आर्थिक सहयोग सामाजिक उत्तरदायित्व पुरा गरेको उल्लेख गरे ।

वृद्धाश्रममा रहेका कतिपय जेष्ठनागरिकको नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको सुन्दा आफुलाई दुःख लागेको बताउँदै उनले त्यसका लागि आवश्यक कानूनी प्रक्रिया मिलाएर नागरिकता प्रदान गर्न आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव अधिकारीका अनुसार अश्रममा हाल ७ जना आमाबुवाको नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित रहेको जानकारी दिए ।

बिभिन्न संघसंस्था एवम् व्यक्तिहरुको सहयोगले नै आश्रम सञ्चालन भएको उल्लेख गर्दै उनले आगामी दिनमा आश्रममा आश्रित जेष्ठनागरिकलाई उत्पादनसंग जोडने खालको योजना अघि सारेको बताए । आश्रममा हाल ५५ जना बृद्धबृद्धा तथा सेवकसेवीका छन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पबित्रा जिसीले यसअघि नेपाल रेडक्रम सोसाईटीको कास्की शाखाद्धारा निर्माणाधीन रेडक्रस भवनको लागि २५ हजार तथा मानवसेवा आश्रम छोरेपाटनलाई एक छाक खाना बरावर १७ हजार ५०० रुपैया आर्थिक सहयोग गरेको स्मरण गराइन् ।

सो अवसरमा सहकारीका सञ्चालक समिति, सल्लाहकार, बिभिन्न उपसमितिका संयोजकहरु, वृद्धाश्रम व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, आश्रित आमाबुबाहरुको सहभागिता रहेको सहकारीका सचिव गणेश श्रेष्ठले जानकारी दिए । सहकारी संस्थामा हाल ५०० भन्दा बढी शेयर सदस्यले आठ करोड भन्दा बढीको कारोवार गर्दै आएका छन् ।

 

  • २१ फाल्गुन २०७८, शनिबार २०:०१ प्रकाशित