सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी : यी हुन् प्रतिष्पर्धी

केन्द्रभाग मिडिया

काठमाडौं ।

चुनावअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी आउने भएका छन् । सशस्त्र प्रहरीमा सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् ।

नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले १८ वैशाख २०७९ मा अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले पनि २८ चैत २०७८ मा चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन् ।

प्रहरीमा अहिले हालका आईजीपी थापाकै ब्याचका हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीसहित अर्को ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी छन् । पाल, शाही र कार्की अहिलेका आईजीपीसँगै अवकाशमा गएपछि पोखरेल र थापामध्ये भावी नेतृत्वका लागि दाबेदार बन्नेछन् । तर सरकारले अहिले उनीहरुको ब्याचका थप अधिकृतलाई पनि एआईजी बनाउने गरी दरबन्दी थप गरेको छ ।

सशस्त्र प्रहरी बलमा चाहिँ एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना १८ वैशाखसम्मका लागि आईजीपी बन्नेछन् । आईजीपी खनालकै ब्याची भएपनि उनीहरु ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन् र एक जनाले २१ दिनका लागि आईजीपी हुने अवसर पाउनेछन् ।

  • २० फाल्गुन २०७८, शुक्रबार १५:०५ प्रकाशित