वान बाई वान होइन एकमुष्ट लड्न तयार छ एमाले : ओली

केन्द्रभाग मिडिया

File Photo

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुट्न नहुने बताएका छन् । पोखरामा भएको अगुवा कार्याकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन टुट्न नहुने व्यङ्ग्य गरे ।

ओलीले किस्ता किस्तामा वान वाइ वान भन्दा एकमुष्ट पाच वटासंग लड्न एमाले तयार रहेको बताए । गठबन्धन टुटाएर लड्ने हुती गठबन्धनका दलमा नरहेको ओलीले बताए ।

ओलीले स्थानीय तहको निर्वाचनमा सात दिन नसक्ने गरी गठबन्धनलाई पछार्ने बताए ।यसैबीच ओलीले एमसीसी ल्याउन निवेदन हाल्ने देखि विभिन्न भूमिका खेल्ने नेताहरुलाई यसका विरोधीहरुले ढुंगा नहानी ताली बजाएको र आफूलाई ढुंगा हानेको टिप्पणी गरेका छन् ।

उनले एमसीसीविरोधीले यसलाई ल्याउन भूमिका निभाएकाहरुले नै ताली बजाएको देख्दा आश्चर्य लागिरहेको बताए ।

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । ढुंगा हान्न लगाउँछन्।’,ओलीले भने एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटामा हिंड्दा ढुंगा हान्दैनन् ताली बजाउँछन्,’ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १६:४५ प्रकाशित