प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई भारत भ्रमणबारे जानकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।

शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा पुगेर भेटवार्ता गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा मंसिर ६ र ७ गते भारतको भ्रमण गरेका थिए ।

साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शाहले भारत जाँदा राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका थिएनन् । बालेनले राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति कार्यालयले त्यतिबेला असन्तुष्टि पोखेको थियो ।

  • ११ मंसिर २०८३, शुक्रबार १६:२८ प्रकाशित