काठमाडौं ।
शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंक घटेको थियो ।
नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । ५९ कम्पनीको मूल्य बढ्यो भने २०३ को घट्यो । त्यस्तै १७ कम्पनीको मूल्य स्थिर रह्यो ।












