सडकमा कुकुर आतंक, असुरक्षित बन्दै घरआँगनमा खेल्ने बालबालिका

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका सडक तथा वस्तीमा भुस्याहा कुकुरको संख्या र उपद्रो बढ्दै जाँदा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । घरछेउमा खेलिरहेका बालबालिका समेत कुकुरको आक्रमणबाट असुरक्षित हुन थालेका छन् । यसको पछिल्लो उदाहरण पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकमा देखिएको छ ।

घरनजिकै खेलिरहेका पाँच बर्षीय बालक विकित तामाङमाथि एक्कासी कुकुरले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् । कुकुरको आक्रमणबाट बालकको दायातर्पm टाउको र कानमा गहिरो चोट लागेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घाउ गहिरो छ, कुकुरले टोकेको ठाउमा टाँका लगाउन नमिल्ने अस्पतालले जनाएको छ । घाउ सफा गरी औषधि प्रयोग गरेर उपचार गरिएको र घाउमा सिलाउनुको सट्टा टेप टासेर उपचार गरिने अस्पतालले जनाएको घाईते बालककी आमा सुजना तामाङले जानकारी दिए ।

स्थानीय प्रत्येदर्शीका अनुसार बाबु खेली रहेको थियो कालो रङको कुकुर आएर टोक्न सुरु गरेको र कराएपछि भागेको हो, यदी समयमा हारगुहार नपाएको भएर कुकुरले बालकको ज्यानै समेत लिन सक्ने थियो ।

पछिल्लो समय पोखराका बजार क्षेत्रदेखि आवासीय वस्तीसम्म भुस्याहा कुकुरको बिगबिगी बढ्दै गएको स्थानीयको गुनासो छ । सडकमा हिँड्ने सर्वसाधार, बालबालिका तथा सवारी साधनलाई समेत कुकुरले आक्रमण गर्ने र लखेट्ने गर्दा जुनसुकै बेला दुर्घटना हुन सक्ने स्थानीय डिलमाया कार्की बताउँछिन ।

उनका अनुसार सडकमा छाडिएका भुस्याहा कुकुर मात्र होइन, घरपालुवा कुकुरलाई समेत जथाभावी सडकमा घुमाउने प्रवृत्तिले समस्या थपिएको छ । कुकुर पाल्ने र सडक र अर्काको घरको गेटमा लगेर दिशा गराउने तथा भुस्याहा कुकुरले सडकमा दिसापिसाव गर्दा दुर्गन्ध पैmलिनुका साथै सर्वसाधारणलाई असहज भइरहेको छ ।

स्थानीयले घरपालुवा कुकुरको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित घरधनीले लिनुपर्ने र सडकमा रहेका भुस्याहा कुकुरको व्यवस्थापन महानगरपालिकाले गर्नुपर्ने पोखरेलीको सामूहिक माग गर्दै आएका छन् ।

बिशेषगरी पाँच बर्षका बालक घरछेउमा खेलिरहेका बेला कुकुरको आक्रमणमा पर्नुले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । बालबालिका खेल्ने ठाउँ, विद्यालय परिसर, सडक तथा सार्वजनिक स्थानमा कुकुरको जोखिम बढ्दै जानु सामान्य विषय होईन ।

कुकुरको आक्रमणबाट बालबालिका घाइते भएपछि उपचार गराउने मात्र नभई यस्ता घटना दोहोरीन नदिन दीर्घकालीन उपाय आवश्यक देखिएको छ । भुस्याहा कुकुरको मानवीय व्यवस्थापन, बन्ध्याकरण, खोप तथा नियमित निगरानीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

बालबालिकाले घर आँगनमै निर्धक्क खेल्न पाउने वातावरण निर्माण गर्नु स्थानीय सरकारको पनि महत्वपूर्ण दायित्व हो । त्यसैले सम्भावित दुर्घटनाको प्रतीक्षा नगरी पोखरा महानगरपालिकाले तत्कालै सडकमा रेहका कुकुर नियन्त्रण र घरपालुवा कुकुर व्यवस्थापनमा प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ ।

  • ११ मंसिर २०८३, शुक्रबार १४:४१ प्रकाशित