राष्ट्रपति र रवि लामिछानेबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् ।

भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

यसअघि हिजो प्रधानमन्त्री बालेन शाह र रविबिच पनि भेटवार्ता भएको थियो ।

  • ११ मंसिर २०८३, शुक्रबार १४:१९ प्रकाशित