पूर्व मुख्यसचिव अर्याललाई अदालत लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अदालतमा उपस्थित गराइएको छ ।

सीआईबीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।

प्रहरीले उनलाई भारतमा पक्राउ गरेर मङ्सिर १० अर्थात हिजो नेपाल ल्याएको थियो । बिहीबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्याल पक्राउ परेका हुन् ।

  • ११ मंसिर २०८३, शुक्रबार १३:४८ प्रकाशित