आज सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा १४०० रुपैयाँले बढेर २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • १० मंसिर २०८३, बिहीबार ११:०९ प्रकाशित