काठमाडौं ।
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मङ्सिर ७ गते सोमबार दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् ।












