न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यसको कारण भने खुल्न बाँकी नै छ ।

  • ४ मंसिर २०८३, शुक्रबार ११:३१ प्रकाशित