आज एकै दिन १२ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।

आज सुनको भाउ १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार४०० रुपैयाँमा कारोबार भईरहेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • ४ मंसिर २०८३, शुक्रबार ११:१३ प्रकाशित