आजपनि बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको भाउ कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज शनिबार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन बढेको हो । उता युरोपियन युरोलगायत अन्य विदेशी मुद्राको भाउ भने लगातार तेस्रो दिन घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो भने बिहीबार खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो ।

आज युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ । यसअघि शुक्रबार युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा थियो भने बिहीबार खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो ।

यसैगरी आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ । यसअघि शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो भने बिहीबार खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो ।

यस्तै आज स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ । यसअघि शुक्रबार स्विस फ्रांक १ को खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ थियो भने बिहीबार खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा छ थियो ।

  • २८ कार्तिक २०८३, शनिबार ०८:१३ प्रकाशित