आदर्श युवा क्लबमा नयाँ कार्यसमितिको पदस्थापना

केन्द्रभाग मिडिया

पोखरा ।
आदर्श युवा क्लबको नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्लबको २९ औँ साधारणसभा तथा १४औँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष विष्णु हमाल नेतृत्वको नयाँ कार्यसमितिले पद तथा जिम्मेवारी ग्रहण गरेको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सिद्धिविनायक बोर्डिङ स्कुलका सञ्चालक ज्ञानेन्द्र मोहन भट्टराई, नवज्योति टोल विकास समितिका जितबहादुर गुरुङ, लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली (काइँला), क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–२९ का कार्यवाहक अध्यक्ष क्षेत्रबहादुर गुरुङले क्लबले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे।

लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली ९काइँला० ले आदर्श युवा क्लब र लेखनाथ निर्माण व्यवसायीबीच विगत ६२ वर्षदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

क्लबका निवर्तमान अध्यक्ष पदम गुरुङले आफ्नो कार्यकालमा क्लबलाई अगाडि बढाउन सक्दो प्रयास गरेको बताउँदै अधुरा रहेका काम नयाँ कार्यसमितिले पूरा गर्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष विष्णु हमालले क्लबलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै अगाडि बढाउने प्रतिबद्धता जनाए। क्लबको विकास र भावी योजना सफल बनाउन पूर्वअध्यक्ष तथा अनुभवी अग्रजहरूको अनुभव, सल्लाह र सहयोग महत्त्वपूर्ण हुने बताउँदै उनले सबैको रचनात्मक सहयोगको अपेक्षा गरे।

कार्यक्रममा निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष सन्तोष गुरुङले नवनिर्वाचित सचिव ओमप्रकाश कुमाललाई क्लबको माइन्युट हस्तान्तरण गरेका थिए।

यसैबीच, क्लबले आयोजना गर्दै आएको २७औँ आदर्श कप आगामी माघ महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

  • २१ कार्तिक २०८३, शनिबार २१:५३ प्रकाशित