एनपीएल : काठमान्डु गोर्खाजसंग लुम्बिनी लायन्स ३६ रनले पराजित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सम्पन्न खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित भएको छ । यससंगै लुम्बनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । चार खेलमा काठमान्डुको भने यो तेस्रो जित हो ।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो । सन्दीप जोराले सर्वाधिक ४४ रन बनाउँदा अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४ तथा रुबेन ट्रम्पलमानले ११ रन जोडे ।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमान्डुका जहानदाद खानले चार तथा करण केसीले दुई विकेट लिए । यस्तै सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अरच्चिगेले एक एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो । काठमान्डुका ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गरे । पावरप्लेमा टोलिले ४५ रन बनायो ।

वार्नरले ६६ रनको योगदान दिए । यस्तै पटेलले ३८ रन बनाए । सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रनको योगदान दिए ।

बलिङतर्फ काठमान्डुका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई-दुई विकेट लिए ।

 

 

  • २१ कार्तिक २०८३, शनिबार २१:४२ प्रकाशित