कुमुदिनी होम्समा वार्षिक खेलकुद सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
कुमुदिनी होम्स माध्यमिक विद्यालयको वार्षिक कार्यतालिकाअनुसार ४० औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ शुक्रवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा अवस्थित सोवि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय प्राङ्गणमा बेलुन उडाएर बुधवार प्रतियोगिताको औपचारिक शुभारम्भ गरेपनि पनि मन्टेश्वरीदेखि ५ कक्षा सम्मका विद्यार्थीको खेलकुद भने १५ गतेदेखि नै सञ्चालन गरिएको थियो ।

प्रतियोगिता अवधिभर करिब नौ सय विद्यार्थीहरूले अन्तर सदनात्मक तथा खुल्ला गरी विभिन्न विधाका खेलकुदमा भाग लिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले जानकारी दिए । विद्यार्थीहरूमा शैक्षिक सिकाइले मात्र होइन खेलकुदप्रतिको लगावले पनि महत्त्वपूर्ण उपलब्धि हासिल हुन सक्छ त्यसैले विद्यालय सधैं त्यसप्रति सचेत रहँदै आएको कुरा इन्चार्ज थापा मगरले बताए ।

अन्तर सदनात्मक रुपमा सञ्चालन गरिएको कक्षा ४ देखि ६ सम्मको छात्र फुटबलमा लालीगुँरास सदन प्रथम भएको छ भने यती सदन द्वितीय भएको छ । त्यस्तै कक्षा ७ र ८ को छात्र फुटबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ ।

सिनियर फुटसल छात्रतर्फ यती सदन प्रथम र लालीगँरास सदन द्वितीय भएको छ। त्यस्तै छात्रा फुटसलतर्फ लालीगुँरास सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ । सिनियर बास्केटबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ ।

कक्षा ८ देखि १० सम्मको भलिबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र यती सदन द्वितीय भएको छ । कक्षा ६ देखि १० सम्मको छात्रा भलिबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ । त्यस्तै रस्साकस्सी छात्रतर्फ यती सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ भने छात्रातर्फ कुमारी सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ।आधारभूत तह स्तरीय छात्र कबड्डीमा यती सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ ।

प्रतियोगिता अवधिभर विभिन्न खुल्लातर्फका खेलकुद पनि सञ्चालन गरिएको थियो । छेलो फाल्ने खेल अन्तर्गत आधारभूत तह छात्रतर्फ कक्षा ८ (ख) को सनराइज पुन प्रथम, कक्षा ७ (क) को रोहिल गुरुङ द्वितीय र कक्षा ७ (ग) को मनिष गुरुङ तृतीय भएका छन् ।

छात्रातर्फ कक्षा ७ (ग) की मञ्जु राई प्रथम,कक्षा ८ (ख) की दीक्षा श्रेष्ठ द्वितीय र कक्षा ८ (ग) की ग्रेसी गुरुङ तृतीय भएका छन् । माध्यमिक तह (९–१०) को छेलो खेलमा छात्रतर्फ एलिश आउजी (९ ग) प्रथम, रिधान शेरचन १० (क) द्वितीय र सोहन श्रीश १० (क) तृतीय भएका भए ।

छात्रातर्फ एन्सी तिलिजा पुन प्रथम , कोमल गुरुङ द्वितीय र अश्लेषा सुवेदी तृतीय भएका छन्। टेबलटेनिसमा कक्षा १० (ख) को एञ्जल पुन प्रथम, कक्षा ९ (क) को आर्यन शाह द्वितीय र १० (ग) को सम्पन्न लिगल तृतीय भएका छन् ।

  • २१ कार्तिक २०८३, शनिबार १२:१० प्रकाशित