चितवनमा बर्सातले फूलखेतीमा क्षति

केन्द्रभाग मिडिया

चितवन ।

यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण चितवन जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।

भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउछन् ।

बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उनले बताए । उनले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरे। एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उनले बताए ।

उनले भने, ‘हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन ।’ दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन ।

जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिन परेको वर्षाका कारण फक्रिएर बजारमा जान नपाएका फूलहरुमा क्षति पुगेको हो ।

उनका अनुसार जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फूल फक्रिएको थियो । फक्रिएको फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए । कोपिला लागेका फूलमा भने क्षति नभएको उनको भनाइ छ ।

उनका अनुसार यस वर्ष जिल्लामा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । सो क्षेत्रफलमा प्रतिहेक्टर एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको छ । अनुमान गरेअनुसारको उत्पादनले जिल्लाको माग मात्रै नभई छिमेकी जिल्लामा पुग्ने देखिन्थ्यो । फक्रिएको फूलमा क्षति पुगेपछि अहिले बजारमा फूलको मूल्य बढ्ने अनुमान गरिएको छ । उनले भने, ‘बजारमा फूलको मूल्य गत वर्षको तुलनामा यस वर्ष बढ्ने देखिन्छ ।’

व्यावसायिक रुपमा फूलखेती गरेका कृषक बर्सातका कारण मारमा परेका छन् । फक्रिएको फूल कालो भएपछि बजारमा लैजान लायक नहुने उनले बताए ।

फूलखेतीका लागि यो वर्ष मौसमले साथ नदिएको उनको भनाइ छ । व्यावसायिक रुपमा जिल्लामा गत वर्षको तुलनामा यस वष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष ४४ हेक्टर क्षेत्रफलमा गरिएको छ ।

उनका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका फूलका बिरुवा रोपिएको छ । गत वर्ष जिल्लामा लगाइएको सयपत्री फूलखेतीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो ।

जिल्लाका सातै पालिकामा व्यावसायिक रुपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ । यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्रीखेती गरिँदै आएको उनले जानकारी दिए ।

थोरै जग्गामा पनि राम्रो उत्पादन दिने भएकाले यहाँका कृषक चाडपर्व लक्षित सयपत्री फूलखेतीमा अकर्षित भएका हुन् । उनले भने, ‘गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो ।’

नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उनको भनाइ छ ।पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ’ उनले भने, ‘डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।’

इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उनले बताए ।

तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए । ‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ ।’

पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उनले बताए । ‘सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ’, उनले भने ।

कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताए । ‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, उनले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।’ यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।

कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ ।

सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ । रासस

  • १७ कार्तिक २०८३, मंगलवार १०:२२ प्रकाशित