आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज  मङ्गलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्डसहित केही मुद्राभाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८पैसा छ । हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा थियो ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।

  • १७ कार्तिक २०८३, मंगलवार ०७:४० प्रकाशित