सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किदाँ एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्दिाँ एक जनाको ज्यान गएको छ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका हुन् । आज बिहान भएको दुर्घटनामा एक विदेशी पर्यटकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिएका छन् ।

उनका अनुसार फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।

  • १७ कार्तिक २०८३, मंगलवार १०:०३ प्रकाशित