पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
आज बिहान ३ बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुदाँ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ ढिकुरपोखरीका २८ वर्षिय आशिष कुँवरको ज्यान गएको हो ।
मृतक कुँवर हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आएका थिए । कुँवर स्कुटरको पछाडी बसेको र स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा, टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबाँस घर भई हाल पोखरा –८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा घाईते भएको प्रहरीले जनाएको छ।
सापकोटाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।












