३ महिनामा साढे ४ अर्बको धानचामल आयात

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन(असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ ।

यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो महिनासम्मको तथ्यांकसँग तुलना गर्दा असोजमा धानचामल आयात ह्वात्तै बढेको देखिन्छ । विभागका अनुसार साउन र भदौ गरी पहिलो दुई महिनामा कुल ४ करोड ५५ लाख ४३ हजार ९ सय ५६ किलो (४५ हजार ५ सय ४३ टन) धानचामल आयात भएको थियो, जसको मूल्य ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ थियो ।

यसरी हेर्दा असोजमा मात्रै थप १ करोड १३ लाख ४९ हजार १ सय ६४ किलो (११ हजार ३ सय ४९ टन) धानचामल भित्रिएको छ ।

रकमका आधारमा असोजमा मात्रै थप १ अर्ब ११ करोड ५ लाख ८६ हजार बराबरको धानचामल आयात भएको तथ्यांकले देखाउँछ ।

  • ११ कार्तिक २०८३, बुधबार १५:३५ प्रकाशित