भारतमा अर्नब चक्रवातका कारण ३ जनाको ज्यान गयो, ७१४ गाउँ प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको ज्यान गएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएका भारतीय मिडियाहरूले जनाएका छन् ।

२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नबले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात आज बिहानपख करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न सुरु गरेको थियो । यो क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमबीच पर्छ ।

चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लाहरूमा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।

भारतका प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।

  • ११ कार्तिक २०८३, बुधबार १४:१७ प्रकाशित