जबरा विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट फेरि सुरु गर्ने भएको छ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो ।

‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

  • १ फाल्गुन २०७८, आईतवार १०:०२ प्रकाशित