काठमाडौं ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो सुनकोसीमा खस्दा तीन जनाको ज्यान गुमेको छ भने तीन जना बेपत्ता भएका छन् । सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसीमा खसेको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।













