कांग्रेस सभापति थापाले शनिबार शपथ लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले भोलि शपथ लिने भएका छन् । दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिन लागेका हुन् ।

सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराउँदै थापा निर्वाचित भएका थिए । थापाले ६ हजार ५८४ मत पाउँदा खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।

सभापति थापाको शपथ भोलि भएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैंपछि गर्ने तय भएको छ ।

नयाँ केन्द्रीय समितिको शपथपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ।

  • ३० आश्विन २०८३, शुक्रबार १३:४८ प्रकाशित