कांग्रेस महाधिवेशनको दुई घण्टामा १ हजार २९३ मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ।

मतदान निर्वाध रूपमा चलिरहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।

  • २३ आश्विन २०८३, शुक्रबार ११:१५ प्रकाशित