आज अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७२ रुपैयाँ २३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ५०० रुपैयाँ ७५ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा थियो ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २० आश्विन २०८३, मंगलवार ०७:१३ प्रकाशित