कांग्रेस केन्द्रीय समितिको आकार टुंगियो, २३२ सदस्यीय केन्द्रीय समिति

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनका क्रममा हुने निर्वाचनबाट २३२ सदस्यीय केन्द्रीय समितिमध्ये १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो ।

जसअनुसार प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना, खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन् । यस्तै, मधेसीतर्फ ११ जना, थारुतर्फ ५ जना, मुस्लिमतर्फ ३ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अल्पसंख्यक र अपांगतातर्फ १–१ जना तथा श्रमिकतर्फ ३ जना निर्वाचित हुनेछन् ।

यस्तै, पेशागततर्फ ७ जना र युवा ९प्रदेश० तर्फ २१ जना निर्वाचित हुनेछन् । यस्तै प्रजातन्त्र सेनानि, द्वन्द्व पीडित र सहिद परिवार गरी ३ जनाा निर्वाचित हुनेछ । केन्द्रीय समितिको यो निर्णय बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।

  • १९ आश्विन २०८३, सोमबार १२:२१ प्रकाशित