कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ ।

संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर रुपमा महाधिवेशन गर्न लागेको छ । सोहीअनुसार बिहीबारदेखि देउवा समूहले वडा अधिवेशन थालेको हो ।

काठमाडौँ क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन बिहीबार नेता प्रकाशमान सिंहको उपस्थितिमा उद्घाटन गरिएको छ ।

  • १५ आश्विन २०८३, बिहीबार १५:५४ प्रकाशित