आज सेयर बजारमा सामान्य सुधार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंक बढेको छ ।

हरेक दिन घटेको नेप्से बिहीबार भने ०.२६ अंक मात्रै बढेको हो ।यस दिन नेप्सेमा कारोबार भएका १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । तर, १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

यो साता नेप्सेमा कारोबार भएका सोमबार, मंगलबार र बुधबार बजार सूचक घटेको थियो । बिहीबार भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव नेप्से सूचकमा देखिएको हो ।

  • १५ आश्विन २०८३, बिहीबार १५:४९ प्रकाशित