कांग्रेसको मोरङ अधिवेशनमा झडप : दर्जनौं घाईते

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

मोरङ।

नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनमा झडप भएको छ। झडपमा दर्जनौं घाईते भएका छन् । पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तबदार, जेनजी समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि साङ्घातिक हमला भएको हो । तीन घाइतेको उपचार भइरहेको छ ।

क्षेत्रीय सभापति देबु तामाङको योजनामा आक्रमण भएको केन्द्रीय उप महामन्त्री डा. डिला संग्रौलले बताइन् । तामाङलाई पार्टीबाट निलम्बन गर्नपर्ने संग्रौलाको माग छ । उता तामाङले भने संग्रौलाकै कारण झडप भएको दाबी गरेका छन् ।

उनले डिला संग्रौलाले अशोक रिजाललाई प्रदेश सभापतिको उम्मेदवार बनाएको र मात्रिका चापागाईं उठाउँछु भनेर झगडा लगाएको आफूले थाहा पाएको र त्यही बहानामा झडप भएको बताए । प्रत्येक ठाउँमा गुटका नाममा झगडा भइरहेको तामाङको भनाइ छ ।

उता नेतृ संग्रौलाले भने ६ नम्बर क्षेत्रको क्षेत्रीय अधिवेशनका क्रममा आफू प्रमुख अतिथि रहेको बताइन् । उनले सभापतिको निर्देशनमा फलाम प्रहार गरेर आक्रमण गरेको बताइन् ।

उनले चेतराज रेग्मी, सौरभ पोखरेलसहित ३ जना घाइते भएको जानकारी दिइन् ।

  • १४ आश्विन २०८३, बुधबार १६:०० प्रकाशित