काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन् ।
अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला स्तरीय नेताहरूलाई हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन जोड दिएका छन् ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टी गतिविधि अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
मङ्गलवार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरुलाई भर्चुअल सम्बोधन गरेका अध्यक्ष ओलीले त्यसलाई निरन्तरता दिँदै आज अन्य प्रदेशका नेताहरूलाई सम्बोधन गरेका हुन् ।
एमालेले ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको बताउँदै आएको छ ।














