९ अंक घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ । सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ ।

कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड भयो । आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

  • १३ आश्विन २०८३, मंगलवार १५:१९ प्रकाशित