गण्डकीका पूर्वमन्त्री दीपक मनाङे कांग्रेस प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं।

गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे)नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्।

इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्।

  • १३ आश्विन २०८३, मंगलवार १४:२१ प्रकाशित