राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गरेकी हुन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गरे । विधेयक पेस गर्नुअघि दुवै मन्त्रीले पेस गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेका थिए ।

अनुमति माग्ने प्रस्तावमा विरोधका सूचना नआएका भन्दै सभामुख डोलप्रसाद अर्यालले दुवै विधेयक पेस गर्न अनुमति दिएका थिए ।

  • १३ आश्विन २०८३, मंगलवार ११:३६ प्रकाशित