आज पनि घट्यो सुनको भाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पनि सुनको भाउ घटेको छ । आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ थियो ।

  • १३ आश्विन २०८३, मंगलवार ११:४२ प्रकाशित